
अन्जन श्रेष्ठ नेतृत्वको टिम नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि घोषणा गरिएको छ। उनी पोखरेली व्यावसायिक घराना “लक्ष्मी हाउस” का निर्देशक पनि हुन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उनको टिम सार्वजनिक गरिएको हो।
हाल वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन्, तर उनले आफ्नो बलियो कार्यसमिति बनाउन टिम घोषणा गरेका हुन्।
अन्जन श्रेष्ठ प्यानलमा
वस्तुगत संघ उपाध्यक्ष: शिवप्रसाद घिमिरे
एसोसिएट उपाध्यक्ष: प्रबलजंग पाण्डे
जिल्ला/नगर उपाध्यक्ष:
दिलसुन्दर श्रेष्ठ
कृष्ण प्रसाद शर्मा
अर्को पक्ष (हेमराज ढकाल प्यानल)
हेमराज ढकालले पनि आफ्नो टिम घोषणा गरिसकेका छन् ।
एसोसिएट उपाध्यक्ष: ज्योत्सना श्रेष्ठ
जिल्ला/नगर उपाध्यक्ष:
उमेश डालमिया
कल्पना गैरे
वस्तुगत उपाध्यक्ष: नरेशलाल श्रेष्ठ
महिला उपाध्यक्ष प्रस्तावित: कमला श्रेष्ठ
चुनाव मिति महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन चैत २९ र ३० गते आयोजना हुने तय भएको छ।
