पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Share:

काठमाडौं। नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ ।

यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: