बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनद्वारा २०८३ को क्यालेन्डर विमोचन, कार्यालय सचिव थापाको बिदाइ

Share:

पोखरा। पोखराको प्रतिष्ठित व्यापारिक केन्द्र बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले नयाँ वर्षको शुभकामना आदानप्रदानसहित २०८३ सालको टेबल क्यालेन्डर विमोचन गरेको छ। एशोसिएसनको कार्यसमिति, उपसमिति र सल्लाहकारहरूको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै एशोसिएसनका मानार्थ सदस्य एवं सल्लाहकार केशव बहादुर खत्रीले बुद्ध विशाल बजार पोखराको व्यापारिक ुगहनाु भएको उल्लेख गरे। उनले व्यवसायीहरूको हकहितका लागि आफू सदैव साथमा रहेको बताउँदै व्यापार प्रवर्द्धनका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै, पूर्व अध्यक्ष एवं सल्लाहकार माधव प्रसाद सिग्देलले व्यवसायीहरूको बलियो एकताका कारण नै विशाल बजारमा विभिन्न सुधार र परिवर्तनहरू सम्भव भएको धारणा राखे।

एशोसिएसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले सम्पूर्ण व्यवसायीहरूलाई नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गरे। उनले विगतका नराम्रा पक्षहरूलाई भुलेर नयाँ ऊर्जाका साथ व्यवसाय वृद्धिमा लाग्न व्यवसायीहरूलाई आग्रह गरे।

कार्यक्रममा उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन समितिका संयोजक मनहरि पौडेलले संस्थालाई चलायमान बनाउन नियमित कार्यक्रमहरू आवश्यक रहेको बताए। उले नसंस्थाको हितमा समय नदिने र असहयोग गर्नेहरूलाई संस्थाले सम्मान दिइराख्न जरुरी नरहेको भन्दै संस्थागत अनुशासन र सक्रियताको महत्वबारे प्रष्ट पारे।

सोही अवसरमा विगत ३३ महिनादेखि एशोसिएसनमा कार्यरत कार्यालय सचिव सम्झना कुमारी थापालाई बिदाइ गरिएको छ। घरायसी कारणले पदबाट राजीनामा दिएकी थापालाई उहाँको योगदानको कदर गर्दै बिदाइ गरिएको हो।

महासचिव थमन सिंह गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा एशोसिएसनका विभिन्न पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: