नवनियुक्त २ मन्त्री र उपसभामुखले लिए शपथ

110
0
Share:

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले शुक्रबार रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योगमन्त्री नियुक्त गरेका थिए ।

शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिले उनीहरुलाई शपथ खुवाएका हुन् ।

यस्तै नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: