एगा पोखराको शुभकामना एवम् सामाजिक उत्तरदायित्व कार्यक्रम

Share:

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, विशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने र एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे। पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि त्यसले निरन्तता पाउने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले एगाले सामाजिक र व्यवसायिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स मार्ट लगायतका कार्यक्रम एगासँगको सहकार्यमा गरिएको बताउँदे उनले आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका पूर्व जनप्रतिनिधि जीवन केसीले रुकुम पूर्व र कास्कीलाई जोड्न र सिकाई आदानप्रदान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा संस्थाका संस्थापक वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवम् सल्लाहकार चिरञ्जीवी पोखरेल, पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सद्भाव सदस्यद्वय गोविन्द अधिकारी, प्रतापबहादुर कार्की, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल र सरोकार फोरके टेलिभिजनका पत्रकार माधव पनेरू लगायतले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

एगा पोखराका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता ढकालले स्वागत गरेका थिए भने सञ्चालन सचिव माया सुवेदीले गरेका थिए । कार्यक्रममा अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका सदस्य क्यान्सर पीडित बुद्धिबहादर क्षेत्री र क्यान्सर पीडित मीरा पन्तलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: