पोखरामा जुवा खेलिरहेका ९ जना पक्राउ, ३ लाख बढी नगद र अमेरिकी डलर बरामद

Share:

पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका0२६, बरालडाँडाबाट ठूलो परिमाणको नगद सहित नौ जना जुवाडेलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त टोलीले आइतबार दिउँसो साढे ४ बजे उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारेको हो।

बरामद भएका सामग्रीहरूमा ३ लाख १९ हजार ४३५ नेपाली रुपैयाँ, १३४ अमेरिकी डलर तथा ४ बुक तास रहेका छन् ।

पक्राउ परेका नौ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको छ।

प्रहरीका अनुसार उनीहरूलाई पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

कमेन्ट गर्नुहोस्
Share: