वैशाख १४ गते सोमबारको तपाईको राशिफल !

152
0
Share:

आज मिति वि. सं. २०८३ वैशाख १४ गते सोमबार ई. सं. २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, ध्रुव योग, वणिज करण । आज बिहान ५ बजेर ३० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३५ मिनेटमा अस्ताउनेछ ।

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– फुर्सदिलो समय रहेकोले पठनपाठनमा मन जाला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभदायी समय छ । अथक परिश्रमले धेरै काम बन्नेछन । भाग्य बलिष्ठ रहेको दिन हुनाले धन आर्जन हुने देखिन्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारबाट राम्रै मात्रामा धनलाभ हुनेछ । मित्रवर्गले पनि खुलेर सहयोग गर्नेछन् । आफन्तजन भने केही चिसिन सक्छन् । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– भविष्यका लागि विशेष काममा जग बसाउने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने र आफन्तजनको उचित सहयोग मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । अरुको काम धेरै गर्नुपर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा मान–सम्मान पाउने योग छ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– दिन केही प्रतिकुल रहनसक्छ, सजग रही व्यवहार गर्नुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा पनि विवाद पर्नसक्छ । घरायसी समस्या आउला । पढाइलेखाइमा ध्यान दिन सकिनेछैन । तर, प्रतिष्पर्धी पछि पर्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– व्यस्तता वृद्धि भएपनि लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने समय छ । आकस्मिकतवरले मनोरञ्जनात्मक कार्यक्रमको निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला र हर्ष बढ्नेछ । पराक्रम वृद्धिका साथै अधुरा काम बन्ने योग छ । स्वास्थ्य ससबल रहनेछ । पराक्रम बढ्नाले कुनैपनि समस्याको समाधान प्राप्त हुने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सोचने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनका काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन केही चुनौतीयुक्त रहला । ब्यर्थमा कसैसँग विवाद वा झगडा हुन सक्छ, विेशष सतर्कता अपनाएर मात्र बोली र व्यवहार गर्नुहोला । कतै महत्वपूर्ण यत्रा गर्दैहुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ । लेनदेनको समस्याले सताउने योग छ । शत्रुपक्ष हाबी हुन सक्छ । ब्यापारमा पनि घाटा बेहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । इष्टमित्र भने सहयोगी बनेर देखापर्नेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– साहसिक काममा आकर्षण बढेने समय छ, तर काम सफल पार्न मुस्किल पर्ला । निको भएको रोगले पनि पुनः सताउन सक्छ । खर्च बढ्ने, अनावश्यक विवाद निम्तिन सक्ने योग रहेकोले विशेष सजगताको खाँचो छ । आजको दिन पैदलयात्रा गर्दा अनि हातहतियारको प्रयोग गर्दा विशेष सचेत रहनु हितकर होला । महत्वपूर्ण कार्यमा अवरोध पैदा भइ धननाश हुन सक्छ, सावधानी अपनाए क्षतिमा कमी आउनसक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउनेछ । आयआर्जनको स्रोत समृद्ध बन्ने योग छ । हरेक क्रियाकलापबाट सामान्यतया लाभ हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मनोकूलता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– अरुको विश्वास जित्न सजिलै सकिने समय छ । गरेका हरेक कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने तथा नसोचेको सम्मान मिल्ने दिन छ । मित्रजनले प्रशंसा गर्नेछन् । कुरा काटनेहरु पनि प्रशंसक बन्नेछन् । पढाइलेखाइमा सुधार आउनेछ । लेनदेन कार्यमा भने समस्या आउनसक्ने योग छ, सजग रहनुहोला । प्रेमभावका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् !

कमेन्ट गर्नुहोस्
Share: