पोखरामा जुवातास खेलिरहेका ८ जना पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिकाको टुटुङ्गाबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। महानगरपालिकाको वडा नं. १५ स्थित टुटुङ्गा बसपार्कमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले सोमबार (हिजो) साँझ करिब ६:०० बजेको समयमा उनीहरूलाई रङ्गेहात फेला पारेको थियो।

प्रहरीले खानतलासीका क्रममा जुवाको खालबाट नगद ६३ हजार  ३२० रुपैयाँ र ४ बुक तास समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा दश (१०) दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: