रामरत्न फाउन्डेशनद्वारा कल्याणी बाल आश्रमलाई खाद्यान्न सहयोग

Share:

पोखरा । रामरत्न फाउन्डेशन ले तनहुँको शुक्लागण्डकी नगरपालिका-९ मा आधारित आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा लामाचौरस्थित ॐ शिवशक्ति कल्याणी केन्द्र अन्तर्गत सञ्चालन भइरहेको कल्याणी बाल आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।

फाउन्डेशनले हरेक वर्षझैँ यस वर्ष पनि विभिन्न सामाजिक संस्थालाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै आश्रमलाई सहयोग गरेको हो।

फाउन्डेशनका संरक्षक रामनाथ भट्टराई र रत्नमाया भट्टराई ले आश्रमका सञ्चालक भवानी थापा लाई करिब १५ हजार रुपैयाँ बराबरका १० किसिमका खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।

सहयोग कार्यक्रममा आश्रममा आश्रित बालबालिकाको दैनन्दिन जीवन सहज बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

२०६२/०६३ सालदेखि सामाजिक सेवामा सक्रिय रहेको फाउन्डेशनले चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याज रकममार्फत विभिन्न शैक्षिक तथा सामाजिक संस्थालाई सहयोग गर्दै आएको संरक्षक रामनाथ भट्टराईले जानकारी दिए।

उपाध्यक्ष अम्किाप्रसाद भट्टराई का अनुसार फाउन्डेशनले यसअघि पनि विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था, आश्रम तथा खानेपानी योजनालगायत दर्जनौँ संस्थालाई सहयोग प्रदान गरिसकेको छ। हाल उक्त आश्रममा देशका विभिन्न जिल्लाबाट आएका १३ जना बालबालिका आश्रित रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: