सम्पदा संरक्षणका लागि स्थानीय तहले कानुन बनाउनुपर्छ : मन्त्री पौडेल

137
0
Share:

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रदेश र स्थानीय तहले सम्पदाको संरक्षणका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति को बैठकमा मंगलबार बोल्दै उनले स्थानीय तहबाटै सम्पदा जोगाउने पहल सुदृढ बनाउनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले विद्यमान ऐनले प्रदेश र स्थानीय तहलाई सम्पदाको संरक्षण तथा अभिलेखीकरणका लागि आवश्यक कानुन निर्माण गर्ने अधिकार प्रदान गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: