राष्ट्रपति पौडेलले जारी गरे सातौं अध्यादेश

Share:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सातौं अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३ जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ हिजो (शनिबार) जारी गरेका थिए।

यसैगरी, १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो । यो सँगै राष्ट्रपति कार्यालयबाट पछिल्ला ४ दिनमा ७ वटा अध्यादेश जारी भएका छन् ।

तर, राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।

 

कमेन्ट गर्नुहोस्
Share: