बुद्व विशाल बजारका व्यवसायीले गण्डकी मेडिकल कलेजमा उपचार गराउँदा छुट पाउने

Share:

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखराका सबै व्यवसायीले गण्डकी मेडिकल कलेजले सञ्चालन गरिरहेको हस्पिटल सेवामा १० देखि २० प्रतिशत छुट पाउने बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरले बताएका छन् ।

एशोसियसनका तर्फबाट अध्यक्ष बुद्वि बहादुर कुँवर र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रा। डा। रविन्द्रप्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू उपभोग गर्न एशोसियसनमा दर्ता भई आईडी कार्ड देखाउनुपर्ने छ ।

सम्झौता कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेल महासचिव थमन सिंह गुरूङ सचिव शान्ति श्रेष्ठ जोशी लगाएतको उपस्थीति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: