
पोखरा । लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल मा शुक्रबार विविध शैक्षिक तथा सह-पाठ्यक्रम कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएका छन्। विद्यालयले नयाँ शैक्षिक सत्र २०८३ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ को बोर्ड परीक्षा सकेका विद्यार्थीहरुलाई भावपूर्ण विदाई गरेको हो।
नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपल विकल पौडेलले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै विद्यालयलाई अझ उत्कृष्ट र प्रगतिशील बनाउने अभियानमा आफूहरू निरन्तर लागिरहेको बताए।
त्यसै अवसरमा कक्षा १२ को बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई विदाई गर्दै कक्षा ११/१२ संयोजक विष्णुहरि पौडेलले सफल र समुज्जवल भविष्यको शुभकामना व्यक्त गरे।
विद्यालयले शुक्रबार नै कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुलाई विभिन्न चार सदनमा विभाजन गरेको जनाएको छ। साथै, विश्व रेडक्रस दिवसको अवसर पारेर विद्यालयको जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ।
पुनर्गठित सर्कलको अध्यक्षमा एप्रिना तामाङ, उपाध्यक्षमा मोनालिसा तामाङ, सचिवमा रोहित सुनार, सह-सचिवमा युनिसा पुरी तथा कोषाध्यक्षमा खुशी भण्डारी चयन भएका छन्। सदस्यहरुमा एनी गुरुङ, सुरवी गुरुङ, स्नेहा क्षत्री, रसिका गुरुङ, आरुषी लामिछाने, केसाङ लामा, अप्रिम राना र अभिमन्यु पौडेल रहेका छन्।
त्यस्तै शिक्षक नायकमा अञ्जना सुवेदी तथा सह-नायकमा विद्यालयकी नर्स अमृता गुरुङ चयन भएका छन्। कार्यक्रममा विद्यालय सञ्चालक रामप्रसाद अधिकारी, शैक्षिक विभागीय प्रमुख विचित्र न्यौपाने, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गुरुङ, प्राथमिक तह इन्चार्ज हेमा पुन, पूर्व-प्राथमिक इन्चार्ज कविता बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन सञ्चालन भइरहेको विद्यालयमा हाल करिब ७०० विद्यार्थी अध्ययनरत रहेका छन्।
