पोखरामा जग्गा धितो राखेर आफ्नै श्रीमानलाई ठग्ने श्रीमती खोरमा

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमानको सहिछाप किर्ते गरी जग्गा धितो राखी ५० लाख रुपैयाँ ऋण निकालेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका घर भई हाल पोखरा-१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापा रहेका छन्।

वन्ती शाहीले आफ्ना ५२ वर्षीय श्रीमान् मोहन बहादुर शाहीको नाममा दर्ता रहेको पोखरा-३० स्थित कित्ता नं. २४४४ र २४४७ को जग्गाको कागजातमा श्रीमानको नक्कली सहिछाप बनाई भद्र थापाको सहयोगमा सिद्धार्थ बैंक लिमिटेड, तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण झिकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उक्त किर्ते कार्यविरुद्ध परेको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले उनीहरूलाई वैशाख २५ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: