
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई भियतनाममा उनकी श्रीमती ब्रिजिट म्याक्रोनले इरानी मूलकी अभिनेत्रीका कारण थप्पड हानेको खुलासा भएको छ।
न्युयोर्क पोस्टका अनुसार यो दाबी फ्रान्सेली पत्रकार फ्लोरियन टार्डिफले आफ्नो नयाँ पुस्तक ‘एन (अल्मोस्ट) पर्फेक्ट कपल’ मा गरेका हुन्।
बुधबार प्रकाशित पुस्तकमा भनिएको छ, ‘यो विवाद इरानी मूलकी अभिनेत्री गोलसिफ्ते फराहानी र राष्ट्रपति म्याक्रोनबिच भएको च्याट कुराकानीबाट उत्पन्न भएको थियो।’
रिपोर्टअनुसार ‘राष्ट्रपति म्याक्रोनले अभिनेत्रीलाई सन्देश पठाउने गर्थे। एउटा सन्देशमा उनले लेखेका थिए( मलाई तिमी धेरै सुन्दर लाग्छ।’
फ्रान्सेली मिडिया रिपोर्टअनुसार ‘म्याक्रोन र फराहानीबिच धेरै महिनादेखि प्लेटोनिक रिलेसनसप (साथीको सम्बन्ध) थियो। यद्यपि यो सम्बन्ध भावनात्मक र व्यक्तिगत कुराकानीमा सीमित थियो।’
म्याक्रोन गत वर्ष मे २५ मा भियतनाम पुगेका थिए, त्यस क्रममा उनकी श्रीमतीले हनोईको नोई बाई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई थप्पड हानेकी थिइन्।
