पोखराको फिर्के खोला क्षेत्रमा डोजर: भत्काउन थालियो अतिक्रमित संरचना

Share:

पोखरा । पोखरा महानगरपालिकाले दिएको अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउन आजदेखि सुरु गरेको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान सुरु गरेको हो ।

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।

पोखरा महानगर प्रमुख धनराज आचार्य स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: