
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को माछापुच्छ्रे गाउँपालिका अधिवेशनले भूपेन्द्र कुँवरलाई गाउँपालिका सभापतिमा निर्वाचित गरेको छ। हालै सम्पन्न अधिवेशनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दिलमाया अधिकारी, सचिवमा विष्णु भट्टराई, सहसचिवमा राज भट्टराई तथा कोषाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा नवराज कामी, अनिला क्षेत्री, कमला कार्की र लीला कुमारी कार्की चयन भएका छन्।
नयाँ नेतृत्वले गाउँपालिका तहमा पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ। स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने, जनसरोकारका विषयमा प्रभावकारी भूमिका खेल्ने तथा संगठनलाई वडास्तरसम्म विस्तार गर्ने तयारी रहेको समितिले जनाएको छ।
यसैबीच, कार्यसमितिलाई थप समावेशी बनाउन बुधबार थप दुई जना महिलालाई मनोनित गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।
