गण्डकीका अध्यक्ष रमेश पौडेल सम्मानित

Share:

पोखरा । पौडेल वंश महासंघ गण्डकी प्रदेशद्धारा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार रमेश पौडेल सम्मानित भएका छन् ।

गण्डकी प्रदेशको तेस्रो साधारण सभाको अवसरमा नेपालको पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गरेबापत उनलाई सम्मान गरिएको हो ।

त्यसैगरी हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय छत्रधर आत्रेय होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुनिता पन्त पौडेललाई समेत सम्मान गरिएको छ ।

केन्द्रिय अध्यक्ष हरेराम पौडेलले सम्मान गर्नुहुदै पत्रकार पौडेल तथा पौडेल वंशको बारेमा चर्चा गरे ।

उनले वंशीय एकता, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको महासंघले गण्डकी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्ति पौडेलले सो संस्थामा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।

सभामा कांग्रेस नेतृ शारदा पौडेलले समुदायको इतिहास, संस्कृति, वंशावली संरक्षण तथा सामाजिक एकतालाई सुदृढ बनाउन महासंघको भुमिका अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सरकारका महान्यायधिवक्ता चिरञ्जिवी शर्मा पौडेलले वंशावली अभिलेखीकरण, सामाजिक सद्भाव, शिक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा महासंघले गरेका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।

त्यसैगरी महासंघका गण्डकी अध्यक्ष रामजी पौडेलले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा पौडेल समुदायको बसोबास रहेको जानकारी दिए ।

त्यस्त, सचिव धनञ्जय शर्मा पौडेलले प्रदेशभर जिल्ला, महानगर, नगर तथा पालिका समितिहरू गठन गरी संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने कार्य भइरहेको उल्लेख गरे । प्रा.डा कृष्ण पौडेलले वंशवालीमा एकरुपता हुनुपर्नेमा जोड दिए ।

साधारणसभामा आगामी कार्यकालका लागि संगठन सुदृढीकरण, वंशावली संकलन, सामाजिक सेवा तथा युवा सहभागिता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: