स्विडेनलाई पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा

Share:

काठमामडौं । स्विडेनलाई ५-१ ले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ। गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको विश्वकप फुटबल-२०२६ अन्तर्गत समूह ‘एफ’को खेलमा नेदरल्यान्ड्सले सानदार जित निकालेको हो।

खेलमा स्विडेनका लागि ब्रायन ब्रोबी र कोडी गाक्पोको २-२ गोल गरे। बाब्रीले खेलको पाँचौँ र १७ औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए।

त्यसैगरी कोडी गाक्पोले ४७ र ५४ औँ मिनेटमा थप २ गोल गर्दै खेललाई ४ शून्यको स्थितिमा पर्याए। त्यसैगरी खेलको ८९ औँ मिनेटमा काइसेन्सियो समरभिलले टिमका लागि पाँचौँ गोल गरे।

यता स्वीडेनका यन्थोनी एलांगाले खेलको ५९ औँ मिनेटमा टिमका लागि १ मात्रा सान्त्वना गोल गरे। त्यसपछि स्वीडेनबाट कुनै गोल हन सकने।

पछिल्लो नतिजाले पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले पराजित गरेको स्विडेनले नकआउट चरणमा पुग्नको लागि अर्को खेलमा जापानविरुद्ध आफूअनुकूल नतिजा निकाल्नु पर्ने स्थिति बनेको छ।

नेदरल्यान्ड्सले भने अब ट्युनिसियासँग आफ्नो समूह चरणको अन्तिम खेल खेल्ने छ। सन् १९५८ मा आफ्नै भूमिमा आयोजित विश्वकपको फाइनलमा स्विडेन ब्राजिलसँग ५-२ ले पराजित बनेको थियो।

कमेन्ट गर्नुहोस्
Share: