रास्वपा बन्द सत्रमा ४ वटा प्रतिवेदन पेश हुने

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरू हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिनको कार्यक्रम चितवन प्रदर्शनी केन्द्रमा बिहान साढे ८ बजेदेखि सुरू हुनेछ।

बन्द सत्रका कार्यक्रम सभापति रवि लामिछानेले सञ्चालन गर्नेछन्। बन्द सत्रमा चारवटा प्रतिवेदन पेश हुने कार्यतालिका छ। सुरूमा केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालेले प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बिहान ९ देखि साढे ९ बजेभित्र आर्थिक प्रतिवेदन पेस हुनेछ। प्रतिवेदन पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले पेश गर्नेछिन्।

साढे ९ बजेदेखि आधा घन्टा चिया ब्रेक राखिएको छ। त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसमा बिहान १०:४५ बजेसम्म छलफल हुने भनिएको छ।

त्यसपछि विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका छ। त्यसका लागि १०:४५ देखि ११:४५ सम्मको समय तोकिएको छ।

पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यसमा छलफलका लागि ११:४५ देखि १२:४५ सम्मको समय तोकिएको छ।

त्यसपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिने कार्यतालिका छ।

कमेन्ट गर्नुहोस्
Share: