आज कहाँ-कहाँ हुँदैछ वर्षा ?

116
0
Share:

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो । एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागका साथै मधेस र कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो लहर चल्ने सम्भावना छ ।

विभागले राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा चाररपाँच दिनमा मनसुन फैलिने सम्भावना रहेको विभागले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: