
काठमाडौं । उत्तरपूर्वी फ्रान्सको मुर्थे-एट-मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
न्यान्सी-एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युननजिकै दुर्घटना भएको हो।
फ्रान्सेली टेलिभिजन बीएफएमटीभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर छन्।
कमेन्ट गर्नुहोस्
