आइभरी कोस्टलाई पराजित गर्दै नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा

Share:

काठमाडौं । आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै नर्वेले जारी विश्वकपको  प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ।

अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो।

खेलमा नर्वेका एर्लिङ हालान्डले ३९ औँ र एन्टोनियो नुसाले ८६ औँ मिनेटमा गोल गरे। ७४औँ मिनेटमा आइभरी कोस्टमा अमाद डियालोले सान्त्वना गोल फकाए।

योसँगै चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् १९३८ र १९९८ मा नर्वे प्रिक्वार्टरफाइनलसम्म पुगेर बाहिरिएको थियो। सन् १९९४ मा भने नर्वे समूह चरणबाटै बाहिरिएको थियो।

अब नर्वेले क्वार्टरफाइनल (अन्तिम ८ मा) प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: