आज रातिभन्दा दिउँसो धेरै भारी वर्षा हुने

291
0
Share:

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । ६ वटा प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको हो । रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोसी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भूभाग तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: