गण्डकी विश्वविद्यालयद्वारा शिक्षक तथा कर्मचारीका लागि क्षमता विकास प्रशिक्षण सम्पन्न

Share:

पोखरागण्डकी विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीको व्यावसायिक क्षमता विकासका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र प्रशासनिक दक्षता सुदृढ बनाउने उद्देश्यका साथ शनिबार पोखराको महेन्द्रपुलस्थित एमआइटी-एआई भवनमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका कुलपति डा. इन्द्रप्रसाद तिवारीले सहभागी पदाधिकारी, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरे। “हाम्रो साझा प्रयास र समर्पणले गण्डकी विश्वविद्यालयलाई उत्कृष्ट र विश्वसनीय शैक्षिक संस्थाका रुपमा स्थापित गर्नेछ,” कुलपति डा. तिवारीले भने ।

उनले यस प्रशिक्षणले सहभागीहरूको कार्यक्षमता विकासका साथै समग्र विश्वविद्यालयको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

विश्वविद्यालयले आफ्नो सेवालाई अझ बढी प्रभावकारी र सक्षम बनाउन यस्ता क्षमता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

विभिन्न विभागका प्राध्यापक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रशिक्षणले प्रशासनिक दक्षता र शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगाको काम गर्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालयलाई सक्षम र आधुनिक शैक्षिक संस्थाका रूपमा अगाडि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै विश्वविद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता रूपान्तरणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: