पोखरामा १० हजार चक्की लागूऔषधसहित दुई युवक पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले बुधबार राती पोखराबाट विभिन्न किसिममा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको डिमुवा घर भइ पोखरा-९ नागढुङ्गा बस्ने २२ वर्षीय मोहमद इशाक सरिफ र पोखरा १४ युनिटीटोलका २६ वर्षीय आविष्कार सारु रहेका छन् ।

सारुको कोठाबाट नौ हजार टापेन्टाडोल ट्यावलेट चक्की बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।

यसैगरी सरिफको कोठाबाट गाँजा पाँच केजी, टापेन्टाडोल ट्यावलेट चक्की तीन सय ६६ चक्की र ट्रामाडोल हाइड्रोक्लोराइड सात सय ९० चक्की बरामद भएको हो ।

पक्राउ परेका दुवैमाथि लागूऔषध कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: