‘मिडिया कप फुटसल’को हस्पिटल पार्टनरमा गण्डकी मेडिकल कलेज

Share:

पोखरा। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा सञ्चालित नयाँलिपि न्युज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरा रङ्गशालाको मल्टिपर्पोज खेलमैदानमा ‘मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ।

उक्त प्रतियोगिताको हस्पिटल पार्टनरका रूपमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) रहने भएको छ, जसअन्तर्गत कलेजले प्रतियोगिताका दौरान मेडिकल सेवाका साथै आकस्मिक अवस्थामा अस्पताल लैजानु परेमा ५ हजार रुपैयाँसम्मको छुट उपलब्ध गराउने गरी मिडियाका अध्यक्ष सुरज श्रेष्ठ र कलेजबीच सम्झौता भएको छ।

गण्डकी प्रदेशस्तरीय यस प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र ३ हजार रुपैयाँ दर्ता शुल्कसहित, पासपोर्ट साइजको फोटो, नेपाल पत्रकार महासङ्घ वा सूचना विभागको परिचयपत्र र सम्बन्धित जिल्ला महासङ्घको सिफारिस पत्रसहित टिम दर्ता गरिसक्नुपर्नेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ र प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ सय रुपैयाँ प्रदान गरिनुका साथै सहभागी जिल्लाहरूलाई मायाको चिनो र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: