
पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजन पौडेल आएका छन् । पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको स्वागत गरिएको छ ।
महानगरपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महाशाखा तथा शाखा प्रमुखलगायत कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गरे ।
स्वागत कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।
उपप्रमुख गुरुङले महानगरको सेवा प्रवाहलाई चुस्त बनाउँदै विकास निर्माण, सुशासन तथा नागरिकका अपेक्षालाई सम्बोधन गर्न जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइन् ।
