बाढी प्रभावितलाई लेखनाथ उद्योग वाणिज्य संघको २ लाख सहयोग

Share:

पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि लेखनाथ उद्योग वाणिज्य संघले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २ लाख आर्थिक सहयोग जम्मा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा पुगेको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।

संघकी अध्यक्ष जानुका पराजुली अधिकारीका अनुसार प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई सघाउन र सरकारको राहत प्रयासमा हातेमालो गर्न सहयोग उपलब्ध गराइएको हो।

राष्ट्रिय विपत्तिको यो घडीमा सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नागरिकलाई आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल गर्दै संघले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र घरबारविहीनहरूको तत्काल पुनःस्थापनाको कामनासमेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: