पोउवा संघको ३४ औं महाधिवेशनः ८३.२६ प्रतिशत मतदान, मतगणना सोमबार बिहान हुने

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ८३ दशमलव २६ प्रतिशत मत खसेको छ। कुल २ हजार ७ सय ३१ सदस्य रहेको संघमा पदाधिकारीतर्फ २ हजार २ सय ७४ र सदस्यतर्फ २ हजार १ सय ८ मत खसेको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए ।

बिहान तोकिएको समयभन्दा आधा घण्टा ढिला गरी साढे ८ बजे सुरु भएको मतदान बेलुका साढे ५ बजेसम्म चलेको थियो। आइतबार मतपेटिका व्यवस्थापनको कार्य सम्पन्न भइसकेकाले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम गरी ४ जना चुनावी मैदानमा छन्, जसमध्ये गौतम र आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा र ललितबहादुर कुँवर, तथा उपाध्यक्ष (वाणिज्य) मा भीम गौतम र मनोजकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।

महासचिवमा तारानाथ ढुंगाना र सुदिप प्रधानांग, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र देवेन्द्र प्रजु तथा उप-महासचिव पदका लागि यादवप्रसाद पोखरेल, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिना प्रतिस्पर्धामा छन् ।

खुल्ला सदस्यतर्फ अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर के.सी., दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।

अर्कोतर्फ, वस्तुगततर्फका ४ सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा औद्योगिक सदस्यमा पिताम्बर अधिकारीको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भइसकेका संयोजक अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: