नवनिर्वाचित अध्यक्ष शोभा गौतमले सम्हालिन पोखरा उद्योग वाणिज्य संघको नेतृत्त्व

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले बिहीबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। गत भदौ २० र २१ गते सम्पन्न संघको ३६ औं महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित गौतमलाई निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले कार्यभार हस्तान्तरण गरेका हुन्।

अध्यक्ष गौतमसँगै संघका नवनिर्वाचित अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पनि बिहीबार नै पदभार ग्रहण गरी आफ्नो नयाँ कार्यकालको सुरुवात गरेका छन्।

पदभार ग्रहणलगत्तै महासचिव सुदीप प्रधानाङ्गले दिएको जानकारी अनुसार बिहीबार नै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ।

बैठकले संघको ३६ औं महाधिवेशन एवं ७२ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: