युनाईटेड क्लब पोखराद्वारा विभिन्न उपसमिति गठन

Share:

पोखरा । युनाईटेड क्लब पोखराको नव निर्वाचित अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको पहिलो बैठकले विभिन्न उपसमिति र सल्लाहकार चयन गरेको छ । बैठकले क्लबको भौतिक निर्माण उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लोक बहादुर थापालाई चयन गरेको छ । त्यस्तै, संस्थापक अध्यक्ष हिमालय बख्रेललाई छात्रावास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पूर्वअध्यक्ष सुक बहादुर गुरुङ खेलकुद उपसमिति, पूर्व अध्यक्ष राजु श्रेष्ठ पर्यटन प्रवद्र्धन उपसमिति, वरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापा शिक्षा उपसमिति र प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ विपद् व्यवस्थापन उपसमितिको संयोजकमा चयन भएका छन् ।

यसैगरी, द्वितीय उपाध्यक्ष दिनेश सुनार स्वास्थ्य उपसमिति, सहकोषाध्यक्ष शिव थापा युवा परिचालन उपसमिति र कार्यसमिति सदस्य शान्ति सुवेदी महिला उपसमितिको संयोजकमा चयन भएका छन् ।

त्यसैगरी क्लबको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्वअध्यक्ष सुक बहादुर गुरुङ, पूर्वअध्यक्ष लालकाजी गुरुङ, पूर्वअध्यक्ष राजु श्रेष्ठ, रमेश बहादुर कार्की, शुशीलराज पराजुली, लिलाधर अधिकारी र माधव घिमिरेलाई चयन गरिएको छ ।

बैठकले क्लबका विभिन्न गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन उपसमिति गठन र सल्लाहकार चयन गरेको क्लबका महासचिव सन्तोष कार्कीले जानकारी दिए ।

त्यसैगरी पोखरा महोत्सवलाई निरन्तरता दिने र संस्कृतिको जगेर्ना तथा विपद व्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो २०८३ को आयोजना गर्ने निर्णय समेत गरेको छ ।

क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले युनाइटेड क्लवको १७ औं साधारण सभा तथा ८ औं अधिवेशनमा निर्वाचन मण्डलमा रहेर साथ दिने निर्वाचन संयोजक पूर्व अध्यक्ष राजु श्रेष्ठ, सदस्यहरु पूर्व अध्यक्षहरु लालकाजी गुरुङ र सुक बहादुर गुरुङ, निवर्तमान अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, क्लबका सल्लाहकार, क्लबका परिकल्पनाकार, कार्यसमिति सदस्यहरु, आजीवन सदस्य, साधारण सदस्य, र शुभचिन्तकहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । उक्त बैठकमा क्लबका बरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: