
पोखरा । जिल्ला शिक्षा समिति कास्कीले जिल्लामा संचालित निजि तथा सार्वजनिक कलेजका संचालकहरूसँग छलफल तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
प्रमुख पौडेलले विद्यमान शिक्षा नीति र नियमावली बमोजिम उच्च शिक्षा प्रदायक शिक्षालयहरू संचालित नभएको गुनासो प्राप्त भएपछि छलफल आयोजना गरिएको उल्लेख्य गर्दै संचालकहरूका समस्या र समाधानको हेतुले अगाडी बढ्न आग्रह गरे ।
प्रमुख पौडेलले विधि र नियमको बर्खिलापमा कोहि पनि लाग्न नहुने भन्दै शिक्षा प्रदान गर्ने निकायहरू झन बढि मर्यादित र अनुशासित बाताबरणमा संचालित हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले विभिन्न कलेजका संचालकहरूले आफ्ना कठिनाइ ,कानुनी र ब्यबहारिक जटिलताको सम्बन्धमा प्रकाश पारेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख लोकनाथ आचार्यले गरेका थिए ।
