
पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनामा १ दिवसीय तालिम सम्पन्न भएको छ । नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका ३० जना कम्प्यूटर विषयका शिक्षकहरूको सहभागिता रहेको प्रतियोगिता होटल ह्वाइट हाउस इन लेकसाइडमा सम्पन्न भएको हो ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ताका रुपमा प्रमुख आमन्त्रित व्यक्तित्व कम्प्यूटर विषयका लेखक विशाल राई रहेका थिए ।
प्रशिक्षक राईले सिर्जनात्मक क्षमता विकास गर्न निरन्तर अभ्यासमा जोड दिदै व्यवहारमुखी सिकाइ र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरेका थिए।
केन्द्रीय व्यवस्थापन समिति संयोजक कमल रानाभाटले शुभकामना मन्तव्य राखेका थिए । नेशनल प्याब्सन कास्कीले विद्यालय तहमा अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै आएको र यस्ता बौद्धिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्रममा निकट भविष्यमा हुन लागेको नेपाली भाष ज्ञानलाई मध्येनजर गर्दै नेशनल प्याब्सन कास्कीका नेपाली शिक्षकहरुलाई केही दिन अगाडि प्रतियोगिता सम्बन्धि अभिमुखीकरण गराइसकिएको अतिरिक्त क्रियाकलाप प्रमुख एवं कोषाध्यक्ष कमल थापाले जानकारी दिए ।
कार्यक्रममा स्वागत उपाध्यक्ष विकल पौडेलले गरेका थिए ।
