प्रधानमन्त्री राहत कोषमा जम्मा भयो साढे १३ अर्ब रुपैयाँ

Share:

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम बढेसँगै १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ मौज्दात पुगेको छ ।

कोषमा सङ्कलन भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ रहेको छ ।

त्यसैगरी दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलर मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसअघि कोषबाट बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।

उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा पुनरुत्थानका लागि पठाइएको हो ।

कमेन्ट गर्नुहोस्
Share: