कास्कीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

Share:

पोखरा । पोखरामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अन्नपूर्ण गाउँपालिका-३ धारापानीबाट २७ वर्षीय सन्देश परियार र २४ वर्षीय इच्छे चुंदारो पक्राउ परेका हुन्।

लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले शरीर खानतलासी गर्दा उनीहरूले लुकाइछिपाइ ल्याएको ब्राउन सुगरजस्तो देखिने पदार्थ १.४० ग्राम, टपेण्डाडोल ११० चक्की, डाइजापाम ९७ एम्पुल र एउटा मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घटना असोज २ गते साँझ करिब ६ः४५ बजे भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: