राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

Share:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज न्युयोर्क जाँदै छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जान लागेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका प्रधानमन्त्री बालेनले न्युयोर्कमा हुने महासभालाई असोज ८ गते सम्बोधन गर्नेछन् ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन वार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघीय महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन असोज १० मा स्वदेश फर्कने कार्यक्रम छ । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: