पोखरामा फेला परेको शंकास्पद सुटकेस खाली निस्कियो

Share:

पोखरा । पोखराको नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खालबाहिर बेवारिसे अवस्थामा भेटिएको शंकास्पद सुटकेस खाली रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार सोमबार बिहान करिब ९:४५ बजे बैंकको पर्खाल छेउमा सुकेको घाँसले ढाकिएको अवस्थामा निलो रङको सुटकेस फेला परेको थियो।

शंकास्पद वस्तु भेटिएको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली तत्काल घटनास्थल पुगी उक्त क्षेत्रलाई सुरक्षित घेरामा लिएको थियो। पछि नेपाली सेना र सशस्त्र प्रहरी बलको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले सुटकेस खोलेर जाँच गर्दा त्यसभित्र कुनै पनि वस्तु नभएको र सुटकेस पूर्ण रूपमा खाली रहेको पुष्टि भएको छ।

कमेन्ट गर्नुहोस्
Share: