ईक्यान कास्कीको नयाँ कार्यालय उद्घाटन, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइने

Share:

पोखरा : नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको नयाँ कार्यालय उद्घाटन गरिएको छ। पोखराको सिद्धार्थ चोकमा शुक्रबार ईक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले नयाँ कार्यालयको उद्घाटन गरेका हुन्।
नयाँ कार्यालयसँगै संस्थाको सेवा प्रवाह र आन्तरिक व्यवस्थापनलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने तयारीसमेत गरिएको छ।
कार्यक्रमका प्रमुख अध्यक्ष पौडेलले शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउन उद्देश्य थप मजुबत हुने बताए।
‘नयाँ कार्यालय सञ्चालनमा आएकोमा ईक्यान कास्की परिवारलाई शुभकामना व्यक्त गर्दछु। यसले संस्थाको गतिविधि तथा सदस्यलाई प्रदान गरिने सेवामा थप सहजता ल्याउने विश्वास गरेको छु’, उनले भने, ‘संस्थागत विकाससँगै शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र जिम्मेवारीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता छ। यसमा ईक्यान कास्की सदैव तयार रहने मलाई विश्वास छ।‘

समारोहमा बोल्दै ईक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले ईक्यान नयाँ कार्यालय केवल भौतिक संरचना परिवर्तनमा सीमित नभई संस्थालाई नयाँ ढंगले अगाडि बढाउन कोशे ढुंगा साबित हुने बताए।
‘ईक्यान कास्कीको संस्थागत संरचना र सेवा प्रणालीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा संस्थालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने गरी नयाँ संरचना तयार गरिएको हो’, उनले भने।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई सही सूचना, जिम्मेवार परामर्श र व्यवस्थित सेवा उपलब्ध गराउन शैक्षिक परामर्श संस्थाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको सन्दर्भमा ईक्यान कास्कीले नयाँ कार्यालयसँगै डिजिटल र व्यवस्थित संस्थागत अभ्यासमा जोड दिने उनले बताए।
सो अवसरमा सहभागी अतिथि तथा सदस्यहरूले नयाँ कार्यालय सञ्चालनका लागि शुभकामना आदानप्रदान गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: