राइजिङ्ग स्टार युथ क्लवको रक्तदानमा ४६ युनिट रगत संकलन

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको खुल्ला रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आइतवार राखिएको खुल्ला रक्तदानमा समाजसेवी मेजर सुर्य गुरुङले पहिलो रक्तदाता राजन गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै युवाहरुको समाज विकासमा ठूलो भूमिका रहने बताए ।

पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य जितेन्द्रबहादुर क्षत्रीले क्लवको सकृयताको प्रशंसा गर्दै समाज परिवर्तनका लागि अझै खटेर काम गर्न काम गर्न सुझाव दिए। क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्राविधिक टोलीको सहयोग रहेको थियो ।

कार्यक्रममा क्लवका पूर्वअध्यक्ष विष्णुप्रसाद गुरुङले सरसफाई र खेलकुदको क्षेत्रमा क्लबले थुप्रै कार्यक्रम गरेको बताए । रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल नाराका साथ सरु भएको कार्यक्रममा स्थानीय समाजसेवीहरु, प्रगतिचोक आमा समाजका अध्यक्ष लगायत पदाधिकारीहरु, रिठेपानी सहकारी अध्यक्ष कुशप्रसाद गुरुङ, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल लगायतले शुभकामना दिएका थिए भने क्लवको वर्षभरको आयव्यय समेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: