आज कहाँ कहाँ हुनेछ वर्षा ?

Share:

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार, दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । हिमाली भूभागको थोरै स्थानमा र पहाडी क्षेत्रको केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेसलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेश सबै भूभाग तथा देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

तराई भूभागमा हुस्सु र कुहिरो पनि लाग्ने सम्भावना छ । हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

देशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागका अनुसार, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ ।

कमेन्ट गर्नुहोस्
Share: