छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अदालतको अनुमति

Share:

पोखरा। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई ७ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन्।

तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन्। प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो।

अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरीले जनाएको छ। विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा लगिएको थियो ।

आइतबारै पक्राउ पुर्जी जारी गरेर पक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।

त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो। पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ।

 

 

 

कमेन्ट गर्नुहोस्
Share: