नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम, राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प

Share:

काठमाडौँ। नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको छ। लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ।

यसैबीच काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ। नौबीसेको लेदोसहितको पहिरो हटाइरहेका बेला नागढुंगातर्फ अर्को पहिरो खसेको हो।

उक्त पहिरोका कारण संघीय राजधानी छाड्ने र भित्रिने सवारीसाधनको अर्को जाम लागेको छ। नौबीसेबाट धादिङतर्फ पहिले नै लामो जाम छ। यता नागढुंगातर्फ पनि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ।

नौबीसेको पहिरो हटाउन थालिएको छ भने नागढुंगातर्फको पहिरो हटाउन पनि सडक विभागले डोजर पठाइएको सडक विभागले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: