देशभर निरन्तर बर्षा जारी, जनजीवन अस्तव्यस्त, सडकसँगै हवाई सेवा पनि प्रभावित

Share:

काठमाडौँ। आज शनिबारको दिन पनि देशभर निरन्तर बर्षा भईरहेको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ। त्यसकारण आज दिनभर बर्षा जारी रहनेछ।

केही दिनदेखिको अविरल वर्षा कारणले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले आग्रह गरेका छन्।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ। देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ।

काठमाडौँ उपत्यकाका बस्तीसमेत जलमग्न छन्। नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन्। राजमार्गहरु अवरुद्ध भएका छन्। सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। गाडीहरुको लामो लाइन लागेको छ। उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन्।

 

 

कमेन्ट गर्नुहोस्
Share: