देशभर बाढीपहिरोको कहर: ३५ जनाको मृत्यु, ११ जना बेपत्ता, एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन

Share:

काठमाडौँ। अविरल वर्षाका कारण बाढीपहिरोमा परी देशभर ३५ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र घर भत्किदा काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ उपत्यका बाहिर विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ। अन्य ११ जना बेपत्ता रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ। एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। काठमाडौँमा ९, ललितपुरमा ९, भक्तपुरमा ५ र काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १/१ जनाको मृत्यु भएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: