राजधानीमा रोकियो बिहीबारदेखिको झरी

Share:

काठमाडौँ। बिहीबारदेखि देशभर लगातार परिरहेको झरी अहिले काठमाडौँ उपत्यकामा रोकिएको छ।

राजधानीमा दुईदिनदेखि निरन्तर वर्षा हुँदै गएको थियो। बर्षाले उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त बनेको हो ।

आज साँझ वर्षा रोकिएपछि आकाश खुलेको छ।

वर्षाका कारण उपत्यकाका बागमतीसहितका नदी र सहायक खोलाहरूमा भीषण बाढी आएको छ। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्।

सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो।

कमेन्ट गर्नुहोस्
Share: