चितवनबाट छुटेको माइक्रो बसका १२ यात्रुको शव झ्याप्ले खोलामा फेला

Share:

काठमाडौँ। चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रो बसका १२ यात्रुको शव फेला परेको छ। झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको हो।

असोज ११ गते शुक्रबार दिउँसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको थियो।

काउन्टरबाट चलानी नबनाई बाहिर बाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौँका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: