पानीले मिसिल भिजेपछि अदालतको सेवा प्रवाह स्थगित

171
0
Share:

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको छ। आइतबार एक सूचना जारी गर्दै अदालतले वर्षाका कारण अदालतको दोस्रो भवनमा रहेको इजलास तथा मुद्दा फाँटका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको जनाएको हो।

सूचनामा भनिएको छ, ‘मिति २०८१।०६।११ गतेदेखि भएको भारी वर्षाको कारण यस अदालतको दोस्रो भवनमा रहेको इजलास नं.२६, २७, २८, २९ र ३० तथा मुद्दा फाँट २६, २७, २८ र २९ मा पानी पसेर मिसिलहरू भिजेको, फाँट र इजलासभित्र पानी तथा हिलो रहेकोले फाँट तथा इजलासबाट तत्काल सेवा प्रवाह गर्न कठिनाइ रहेको हुँदा सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने हुँदा मिति २०८१/०६/१३ गते उक्त इजलास तथा फाँटहरूबाट प्रवाह हुने सेवाहरू स्थगित रहेको सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।’

कमेन्ट गर्नुहोस्
Share: