‘दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो’

Share:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष निकालेको छ।

आइतबार पार्टी कार्यालय चमतीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा  विपत्तिको सामना गर्न चुकेको दाबी छ।

पार्टी प्रवक्ता मनिस झाका अनुसार सरकार, गठबन्धन, गठबन्धन आबद्ध दल र राजनीतिक कार्यकर्ताले रास्वपा, रवि र सहकारी बाहेक अरू केही नसोच्दा यो समस्या आएको हो।

यता रास्वपा सांसद गणेश पराजुली पनि  दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदिएको दाबी गर्छन्।

उनले भने, ‘दुई तिहाइको सरकार जनतापट्टि बन्दै गम्भीर भएन। दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाइदियो।’

पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा सरकारको काम प्रति सबैले असन्तुष्टि व्यक्त गरे।

जोखिम हुने कुरा थाहा हुँदा हुँदै पनि पूर्व तयारीको साटो सरकार भाषण छाँटेर हिँडेको प्रवक्ता झा को तर्क छ।

बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ।

कमेन्ट गर्नुहोस्
Share: