रूपन्देहीमा घरभित्रै अजिंगर भेटिएपछि…

Share:

पोखरा। रूपन्देहीको बुटवल उपमहानगरपालिका-६ चाँदबारीस्थित एक घरभित्र अजिंगर भेटिएको छ।
चाँदबारीस्थित दिनेश शर्माको घरमा मंगलबार बिहान अजिंगर भेटिएको हो।

स्थानीय सुमन अधिकारीका अनुसार घरमा भेटिएको उक्त अजिंगरलाई तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को टोलीले उद्धार गरी लगेको छ।

वन विहारका खिमानन्द पाण्डेले अजिंगरलाई उद्धार गरेका थिए। अजिंगरले कुनै क्षति भने गरेको थिएन।

कमेन्ट गर्नुहोस्
Share: